काठमाण्डौमा घर बनाउदै हुनुहुन्छ ? यी कुरामा ध्यान नदिए कारबाहीमा परिएला

अर्थकागज
प्रकाशित: २९ जेठ २०८१
Image description

काठमाण्डौ । काठमाण्डौमा महानगरपालिका भित्र घर तथा भवन निर्माण गर्दा विभिन्न नियमहरु उल्लंघन गरे महानगरले कारबाही गर्ने भएको छ । महानगरले आज एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र भवन तथा पूर्वाधार निर्माण कार्य गर्दा अपनाउनुपर्ने सुरक्षा विधि सम्बन्धी जानकारी दिएको छ । 

काठमाडौँ महानगर क्षेत्रभित्र भवन, सडक, फूटपाथ, ढललगायतका भौतिक संरचनाहरू निर्माण गर्ने कार्य तीव्र रूपमा भइरहेको र यसरी निर्माण कार्य गर्दा आवश्यक सावधानी नअपनाएको खण्डमा यसले वायु प्रदुषणका साथै सडक र गल्लीहरूमा अवरोध उत्पन्न हुने तथा दुर्घटनाको सम्भावना रहने पक्षलाई मध्यनजर राखी निर्माण स्थलमा महानगरद्धारा निर्माण गरिएका नियमहरू कडाइका साथ पालना गर्न महानगरले आग्रह गरेको छ । साथै, अनुगमनका क्रममा सुरक्षा मापदण्ड पालना नभएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने समेत जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर