जोशी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साउन १५ देखि निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ः०.६५ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ६५ प्रतिशत हकप्रद निष्काशन गरेको हो ।
कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको २४ लाख १४ हजार १ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। कम्पनीले हकप्रद निष्काशनको लागि असार ८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार ५ गते बिहिबारसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
कम्पनीको हकप्रद सेयर निष्काशनको लागि लक्ष्मी सनराईज क्यापिटल बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले जेठ २६ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।
हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ।
Shares