लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को खुद नाफा ३१ करोड ५८ लाख
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपालं) लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको नाफामा गिरावट देखिएको छ।
यस अवधिमा कम्पनीले ३१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.९२ प्रतिशतले कम हो। अघिल्लो आवमा कम्पनीले ८२ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समिक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १०.१८ प्रतिशतले बढेर १२ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक बर्षमा ११ अर्ब ४२ करोड रुपैयाँ थियो। कम्पनीको कुल आम्दानी २९ अर्ब ९७ करोड रुपैयाँबाट बढेर ३२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च २६ अर्ब ७१ करोड रुपैयाँबाट बढेर २९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७५ पैसा बाट घटेर ५ रुपैयाँ ७४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ४७ पैसा कायम भएको छ। कम्पनीको शेयर प्रिमियम ४९ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोष ६८ करोड ८ लाख रुपैयाँ र जगेडा कोष झण्डै ३ अर्ब रुपैयाँ रहेको छ।
Shares