नेशनल लाइफकी अध्यक्ष सिंहले लिइन् प्राधिकरणका अध्यक्ष समक्ष शपथ

अर्थकागज
प्रकाशित: १० असार २०८२
Image description

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले शपथ ग्रहण गरेकी छिन्। उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा समक्ष आफ्नो पद तथा गोपनीयताको शपथ लिएकी हुन्।

कम्पनीको मिति असार ५ गते सम्पन्न भएको ३७औं वार्षिक साधारणसभाबाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह संचालक समितिको अध्यक्षमा सर्व सम्मतिवाट पूर्ननिर्वाचित भएकी थिइन्।

प्राधिकरणका अध्यक्ष ओझाले शपथ ग्रहण गराउँदै पूर्ननिर्वाचित अध्यक्ष सिंहको सफल कार्यकालको लागि शुभकामना दिएका छन्।

उक्त समारोहमा बीमा प्राधिकरणवाट कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको उपस्थिति रहेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित खबर