लुम्बिनी विकास बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?

अर्थकागज
प्रकाशित: २५ मंसिर २०८०
Image description

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशतका दरले लाभांश दिने निर्णय गरेको हो । सोमध्ये ४ प्रतिशत बोनस शेयर रहेको छ भने ४.५० प्रतिशत (कर सहित) नगद लाभांश रहेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर