सलिको गल्फ टुर्नामेन्ट हुँदै
प्रकाशित:
१० मंसिर २०८०
काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले सालिको गल्फ टुर्नामेन्ट २०२३ आयोजना गर्ने भएको छ ।
रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाण्डौंमा मंसिर १५ र १६ गते हुने भएको हो ।
उक्त प्रतियोगितामा १६ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न महिला पुरुष तथा बिभिन्न उमेर समुहका खेलहरु आयोजना गराईने छ । यस खेलकुद प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूती गराउन समेत प्रतियोगिताको आयोजना गरिएको छ ।
विश्वमा अधिक रुचाईएको खेल मध्ये गल्फ पनि एक रहेको भएतापनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेको परिप्रेक्षमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares