दानाखोलामा जलविद्युत आयोजना निर्माण हुने, सानिमाको नेतृत्वमा ६ बैंकको वित्तीय व्यवस्थापन हुने

अर्थकागज
प्रकाशित: २७ पुस २०८१
Image description

काठमाडौं । मनाङको नासोँ गाउँपालिकामा अवस्थित दानाखोलामा लालुपाते हाइड्रोपावर कम्पनीले ४९.९५ मेगावाट जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । ६ वटा बैंकहरुको नेतृत्व गर्दै सानिमा बैंकसँग लालुपाते हाइड्रोपावर कम्पनिले वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ । दानाखोला जलविद्युत आयोजना निर्माणको अवधि ३३ महिना रहेकोे छ । कुल ९९६ करोड रुपियाँ लगानीमा निर्माण हुने आयोजनामा ७४७ करोड विभिन्न बैंकहरुबाट ऋण, प्रवर्तकबाट २४९ करोड लगानी रहने बताइएको छ । कुल लगानीको २४.९ करोड स्थानीयका लागि शेयर जारी गरिने, स्वपुँजीको ४९.८ करोड र स्थानीय सर्वसाधारणबाट ७४.७ करोड रुपियाँ संकलन गरिने कम्पनिले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर