नेपाल हाइड्रो डेभलपर्सको लाभांश घोषणा, साधारणसभाको मिति तय

अर्थकागज
प्रकाशित: १७ मंसिर २०८०
Image description

काठमाडौं। नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर प्रयोजनको लागि ०.३७% नगद लभांश गरि कुल ७.३७% लाभांश घोषणा गरेको हो ।
कम्पनीले लाभांश घोषणासँग साधारणसभा पनि बोलाएको छ । कम्पनीले पुस १२ गते साधारण सभा डाकेको छ । सभा लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । साथै, सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।सभा प्रयोजनका लागि कम्पनीले मंसिर २५ गते बुक क्लोज गर्ने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर