विद्युतीय दुर्घटनाबाट कसरी बच्ने ?

अर्थकागज
प्रकाशित: १४ चैत २०८०
Image description

नेपाल विद्युत प्राधिकरणले विद्युतीय दुर्घटनाबाट बच्न सवैलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विगत केही समय यता देशका विभिन्न स्थानहरूमा विद्युतीय दुर्घटनामा परी जनधनको क्षति हुन पुगेको घटनाहरूप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्राधिकरणले सम्भावित विद्युतीय दुर्घटना हुन नदिन आम सर्वसाधारणको सहयोग आवश्यक रहेको भन्दै बिद्युतिय दुर्घटनाबाट बच्न् उपाए सुझाएको छ । यस्ता छन् प्राधिकरणका सुझावहरुः

• पोल, टावर, स्टे तार जस्ता विद्युतीय संरचना हात वा फलामले नछुने ।

• विद्युतीय तार लत्रिएको वा चुँडिएको देखिएमा नजिकको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा तत्काल खबर गर्ने ।

विद्युतीय प्रणालीमा रहेका इन्सुलेटर, तार जस्ता उपकरणहरूमा कुनै क्षति भएको देखिएमा वा विद्युत लाइन नजिक रहेका बाँस, लहरा वा रुखका हाँगाहरूले विद्युतीय लाइनमा छुने अवस्था देखिएमा नजिकको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा जानकारी गराउने । विद्युत लाइन माथि वा नजिक रहेका रुखका हाँगाहरू काट्दा उक्त हाँगाले विद्युतीय तारमा छुन गई दुर्घटना हुनसक्ने भएकोले आवश्यक सावधानी अपनाउने ।

विद्युतीय संरचनामा अनावश्यक रूपमा ढुङ्गा हान्ने जस्ता अवाञ्छित क्रियाकलापहरू भएको देखिएमा त्यस्ता क्रियाकलापहरू नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने ।

• तोकिएको मापदण्ड विपरीत वितरण तथा प्रसारण लाइन मुनि पर्ने गरी भवन लगायतका संरचना निर्माण नगर्ने ।

हुकिङ लगायतका कुनै विधि प्रयोग गरी विद्युत चोरी गरेको देखेमा तत्काल नजिकको नेपाल विद्युत प्राधिकरणको कार्यालयमा खबर गर्ने।

• विद्युतीय संरचनामा रहेका सामग्रीहरू जस्तै अर्थिङ तार, नटबोल्ट, च्यानल जस्ता सामग्रीहरू चोरी भएको पाइएमा नजिकको नेपाल विद्युत प्राधिकरणको कार्यालयलाई जानकारी गराउने ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर