नीलकण्ठ नगरपालिका मेयर ढुंगाना भुकम्प प्रभावितलाई सहयोग गर्न जाजरकोटमा

अर्थकागज
प्रकाशित: १८ कात्तिक २०८०
Image description

धादिङ । नगरपालिका संघका केन्द्रिय अध्यक्ष एवम् नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंगाना भुकम्प प्रभावितहरुलाई सहयोग गर्न जाजरकोट पुगेका छन् । भुकम्पबाट पीडितहरुलाई ५ लाख सहयोग गर्नको लागि मेयर ढुंगाना जाजरकोट गएका हुन् ।

दुखमा परेका जाजरकोटका नागरिकहरुलाई केहि सहयोग गर्न आफुहरु जाजरकोट गएको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताएका छन् । 

 शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको छने १६५ जना घाईते भएका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर