राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान
प्रकाशित:
२६ भदौ २०८१
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीको जिम्मेवारी उपकार्यकारी अधिकृत पवन रेग्मीलाई प्रदान गरिएको छ ।
बैंक व्यवस्थापन समितिकोे भदौ १६ गते बसेको बैठकको निर्णयानुसार उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरिएका हो । बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares