राप्रपाले वैशाख ७ मा काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

अर्थकागज
प्रकाशित: ०४ वैशाख २०८२
Image description

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताए । उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई सङ्कुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै प्रदर्शन गर्ने निर्णय गरिएको बताए ।

उहाँकाअनुसार बैठकले पार्टी सङ्गठन विस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय समेत गरेको छ । उहाँले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ । उपत्यकाका प्रत्येक वडामा सङ्गठन मजबुत बनाउँदै आन्दोलनकेन्द्रित गर्ने पनि निर्णय भएको बताउनुभयो । उनले तीनकुने आन्दोलनपछि पक्राउ परेका नेताहरुको रिहाइका लागि राजनीतिक एवम् कानुनी लडाईं सशक्त रुपमा अगाडि लैजाने निर्णय भएको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर