खराब कर्जा घटेसंगै इन्फिनिटी लघुवित्तको नाफामा उछाल

अर्थकागज
प्रकाशित: २४ वैशाख २०८१
Image description

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार लघुवित्तको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा लघुवित्तले ५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २८०.५६ प्रतिशतले बढि हो । लघुवित्तले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ३८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी पनि ३.२५ प्रतिशतले बढेको छ त्यस्तै लघुवित्तको खुद सञ्चालन आम्दानी २८५.८४ प्रतिशतले बढेर ७ करोड ५१ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा १४.०४ प्रतिशतबाट घटेर ४.९७ प्रतिशत पुगेको छ ।

त्यस्तै चैत्र मसान्तसम्मा लघुवित्तको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १० पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ४५ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर