हिमालयन लघुवित्तको संचालकमा एस.पी चौलागाई निर्वाचित

अर्थकागज
प्रकाशित: २६ मंसिर २०८१
Image description

काठमाडौं । लगानीकर्ता शिब प्रसाद(एस.पी) चौलागाई हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेडको संचालकमा निर्वाचित भएका छन् । सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्दै चौलागाँई संचालकमा निर्वाचित भएका हुन् ।

लामाृे समयदेखि पूँजी बजारको विका र विस्तारमा समेत सक्रिय चौलागाई नेपालका लगानीकर्तामाझ परिचित नाम हो । लघुवित्तको आज सम्पन्न १३ औँ बार्षिक साधारणसभाले सर्वसाधारण समूहबाट चौलागाई र कृष्ण प्रसाद अधिकारीलाई संचालकमा निर्वाचित गरेको हो ।

सभाले संचालकहरुको निर्वाचन सहित अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा चालु आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्तिको प्रस्ताव समेत पारित गरेको छ । लघुवित्तले गत आर्थिक बर्षका लागि लाभांश भने प्रस्ताव गरेको थिएन ।  

प्रतिक्रियाहरू

सम्बन्धित खबर