भौतिक पूर्वाधार तथा यातायातमन्त्री महासेठको सेयरमा लगानी ३ करोड ५५ लाख

अर्थकागज
प्रकाशित: ०९ जेठ २०८१
Image description

पुष्पकमल दाहाल प्रचण्ड सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठकी श्रीमती जुलीकुमारी महतोको नाममा फाइनान्स, लघुवित्त, बैंक गरी ३ करोड ५५ लाख रुपैयाँ बराबर सेयरमा लगानी रहेको पाइएको छ ।

संघीय सरकारका मन्त्रीहरुको मंगलबार सार्वजनिक विवरणमा सबैभन्दा धनी मन्त्री भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ देखिएका छन् । उनको अधिकांश सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको विवरणमा खुलाइएको छ ।

श्रीमती जुलीकुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिकामा ३ कठ्ठा, ललितपुरमा २ रोपनी १३ आना २ पैसा १ दाम जग्गा रहेको छ । यस्तै जुलीकुमारीकै नाममा धनुषामा ७ विघा ३ कठ्ठा, सिन्धुलीमा ४ कठ्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषामा ३ कठ्ठा ११ धुर रहेको विवरणमा उल्लेख छ ।

रघुवीर महासेठकै नाममा भने जनकपुरमा १ विघा १५ कठ्ठा रहेको छ । यस्तै महासेठको बैंक ब्यालेन्स २ करोड २५ लाख रहेको छस जुन पैतृक सम्पत्ति बेचेर आर्जन गरेको भनिएको छ ।

 

प्रतिक्रियाहरू

सम्बन्धित खबर