सेयरमा बिगतमा जस्तो समस्या हुँदैन ढुक्क भएर लगानी गर्नुहोस्ः अर्थमन्त्री

अर्थकागज
प्रकाशित: २६ फागुन २०८०
Image description

अर्थमन्त्री बर्षमान पुनले लगानीकर्ताहरुलाई ढुक्क भएर सेयरमा लगानी गर्न आग्रह गरेका छन् । उनले संसद बैठक पछि संचारकर्मीहरुसंग संक्षिप्त कुरा गर्दै सेयर बजारमा कुनै समस्या नआउने भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।


'अहिले खासगरी चाँही सेयर बजारको अलिकति मनोबल कमजोर जस्तो देखिएको छ, यसमा ६० लाख जनाता जोडिएको छ यसमा निर्धक्क साथ लगानी गर्नुहोस् यसमा कुनै समस्या हुँदैन' पुनले भने 'मैले यसमा देखिएका नितिगत समस्या म समाधान गर्छु, बिगतमा जस्तो समस्या हुँदैन ढुक्क भएर लगानी गर्दा हुन्छ ।'

प्रतिक्रियाहरू

सम्बन्धित खबर