कृषि बैंकका उपमहाप्रबन्धक सुवेदी नेको इन्सुरेन्सको संचालकमा निर्वाचित
प्रकाशित:
११ माघ २०८०
काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडको संचालक समितिको सदस्यमा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी निर्विरोध निर्वाचित भएका छन् ।
आज अर्थात माघ १२ लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा सम्पन्न २८ औं वार्षिक साधारणसभाबाट सुवेदी कम्पनीको संचालक समितिमा निर्वाचित भएका हुन् ।
कृषि विकास बैंकको तर्फबाट सुवेदीलाई संचालक समितिमा निर्वाचित गरिएको हो । साधारणसभाबाट निर्वाचित संचालकहरुलाई आजै नेपाल बीमा प्राधिकरणबाट सपत ग्रहण गराउने कार्यक्रम तय भएको नेको इन्सुरेन्सले अर्थ कागजलाई जानकारी दिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares