एनआईसी एशिया क्यापिटलले शेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । क्यापिटलको आज सम्पन्न संचालक समितिको १६० औं बैठकको निर्णयानुसार क्यापिटलको नबौं वार्षिक साधारण सभा हुने भएको हो ।
साधारण सभा आगामी भाद्र १८ गते ९सेप्टेम्बर ३० बुधबारका दिन रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौँमा बिहान ९ बजे गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।
उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने तथा संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ५० प्रतिशत ९कर सहित० नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्र्ने तथा प्रस्तावहरु छलफल गरि पारित गर्नेछ ।
क्यापिटलले सातौं वार्षिक साधारण सभा सम्म आउँदा २४० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भइसकेको छ भने नबौं वार्षिक साधारण सभामा पारितको लागि प्रस्ताव गरेको ५० प्रतिशत नगद लाभांश सहित २९० प्रतिशत नगद लाभांश वितरण गर्न सफल हुनेछ ।
साथै क्यापिटलले सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पुर्याउन “अव लाईनमा होइन, क्यापिटलको सेवा अनलाइनमा” भन्ने मुल नाराका साथ अगाडी बढेको यस क्यापिटलले आर्थिक वर्ष २०८१र०८२ को अन्त्य सम्ममा क्यापिटलबाट प्रदान गरिने अधिकांश सेवाहरु अनलाइन मार्फत उपलब्ध गराउने व्यवस्था मिलाउन समेत सफल भएको छ ।
Shares