एनआईसी एशिया बैंकका संचालक समितिहरुको बैंकमा शेयर स्वामित्व कसको कति ?

प्रकाशित:
२१ फागुन २०८१

काठमाडौं । बैंक भन्ने बित्तिकै सवैको मुखमा आउने नाम हो 'एनआईसी एशिया बैंक’ । बैंक पनि, साथी पनि को स्लोगान सहित बैकिङ्ग क्षेत्रमा प्रवेश गरेको एनआईसी बैंक पछिल्लो समय बैंकिङ्ग क्षेत्रमा अब्बल र सवल बैंकको रुपमा परिचित छ ।
वित्तिय विवरणले अब्बल र सवल एनआईसी एशिया बैंकको सवै भन्दा ठूला शेयरधनी त्रिलोक चन्द अग्रवाल रहेका छन् । अग्रवालसँग ७९ लाख ५९ हजार ७८५ कित्ता रहेको छ । त्यसै गरी संचालक समितिका अध्यक्ष तुलसीराम अग्रवालसँग २६ लाख ६१ हजार ०२६ कित्ता, संचालक रामचन्द्र संघईसँग ६५ लख ८२ हजार ५५० कित्ता, संचालक गणेशमान श्रेष्ठसँग ४७९ कित्ता, संचालक आदित्य कुमार अग्रवाल १८५ कित्ता र संचालक केशवप्रसाद लम्सालसँग १६१ कित्ता सेयर रहेको छ ।
त्यसै गरी सिइओ रोशन कुमार न्यौपानेसँग ७ हजार ४२० कित्ता, नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीसँग ८ हजार २६२ कित्ता, सहायक प्रमुख अधिकृत राजेश रावल ६ हजार २२३ कित्ता र सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलसँग ८ हजार १९८ कित्ता रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares