कामना सेवा बैंकको ३५ हजार कित्ता सेयर बिक्रीमा
प्रकाशित:
२६ भदौ २०८१
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ३५ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । लगानीकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेश गर्नु पर्नेछ । सेयर किन्न बोलकबोल गर्दा सबै कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपैयाँ निर्धारण गरिएको छ ।
सो सेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित आज (भदौ २७) देखि असोज २ गते कार्यालय सयभित्र आवेदन दिइसक्नु पर्नेछ । आवेदन बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा बुझाउनु पर्नेछ ।
शेयर खरीदका लागि परेको बोलपत्र असोज ४ गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने बैंकले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares