१२ करोडको सिमा हट्ने हल्लासँगै सेयर बजारमा आयो उछाल !

अर्थकागज
प्रकाशित: ०४ असोज २०८०
Image description

काठमाडौं । मार्केटमा १२करोडको सिमा हट्ने हल्लासँग सेयर बजारमा उछाल आएको छ । साताको अन्तिम दिन (आज) बिहीबार नेप्से ४४.३४ अंकले बढेको छ । नेप्सेसँगै कारोबार रकम समेत बढेको छ । २ सय ७८ वटा कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ३९ लाख २१ ह्जार ३६८ रुपैयाँको कारोबार भएको छ । 

आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले पनि १० प्रतिशतकै दरले कमाएका छन् । हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फण्डका इकाईधनीले गुमाएका छन् । आज यस फण्डका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका छन् । अभियान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३ दशलमव ९८ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर