नोक्सानी घटाउँदै अपर तामाकोशी हाइड्रो, बिद्युत बिक्रि आम्दानी ५ अर्ब

प्रकाशित:
०१ फागुन २०८०

काठमांडौ । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
पुस मसान्त सम्ममा कम्पनीले २५ करोड ७६ लाख रुपैयाँ खुद नाफा नोक्सानी व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ८२ करोड ४८ लाख रुपैयाँ खुद नाफा नोक्सानीमा थियो थियो ।
यस अवधिमा कम्पनीको बिद्युत बिक्रि आम्दानी भने ७.४४ प्रतिशतले बढेर ५ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ पुगेको छ। गत बर्षको सोहि अवधिमा कम्पनीले ४ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ बराबरको बिद्युत बिक्रि गरेको थियो ।
१९ अर्ब ४७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी (ईपिएस) १ रुपैयाँ ३२ पैसा ऋणात्मक छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ ६१.११ रुपैयाँ रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares