एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

अर्थकागज
प्रकाशित: २९ पुस २०८२
Image description

काठमाडौं । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगाल्नु भएकी अनुपा प्रधान राजभण्डारी यस बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त हुनुभएको छ । नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिनुभएको छ ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गर्नु भएको वहाँले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हाल्नु भएको थियो । बैंकको सञ्चालक पदमा नियुक्त हुनुभएकोमा अनुपा प्रधान राजभण्डारीलाई सफल कार्यकालको कामना गर्दै सम्पूर्ण बैंक परिवार हार्दिक स्वागत तथा बधाई ज्ञापन बैंकले गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर