राधी विद्युत कम्पनीले दोर्दीखोला हाइड्रोको १६ लाख कित्ता बढी शेयर बेच्ने
प्रकाशित:
२३ जेठ २०८२
काठमाडौं । राधी विद्युत कम्पनीले आफ्नो स्वामित्वमा रहेको दोर्दी खोला जलविद्युत कम्पनीको केही शेयर दोस्रो बजारमा बिक्री गर्ने भएको छ। कम्पनीले आफ्नो नाममा रहेको दोर्दी खोलाको १६ लाख ४४ हजार ८ सय ८८ कित्ता शेयर बिक्री गर्ने निर्णय गरेको हो ।
दोर्दी खोला जलविद्युत कम्पनीको संस्थापक शेयरको लकइन अवधि २०८२ असार ७ गते समाप्त हुँदै छ । लकइन अवधि सकिनु अगाडी नै कम्पनीले शेयर बिक्रीको निर्णय गरेको हो । लकइन अवधि सकिएपछि मात्र कम्पनीले शेयर बिक्री गर्न पाउने छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares