'सेयर बजार र मान्छे जाने माथि नै हो'

अर्थकागज
प्रकाशित: १७ भदौ २०८०
Image description

काठमाडौं । पुँजी बजार हिजोआज निरन्तर घटिरहेको छ । नेप्से सूचक घटेसँगै कारोबार रकम पनि खुम्चिदै गएको छ । कुनै समय २३ अर्बसम्म कारोबार रकम हुने पुँजी बजारमा अहिले १ अर्ब माथिमा मात्र कारोबार रकम सिमित हुन पुगेको छ ।

आइतबारसम्म नेप्से सूचक १९६०.७८ अंकको विन्दुमा आईपुगेको छ । दुई वर्ष अगाडि नेप्से सूचक ३२०० मा पुगेको थियो । ३२०० बाट ओरालो यात्रा तय गरेको नेप्सेले आइतबारसम्म पनि कायमै राखेको छ । बिचको समयमा केही अंक बढेपनि विस्तारै नेप्से घट्टै आइरहेको छ । बजार घटेसँगै यतिखेर लगानीकर्ताहरु तनावमा देखिएका छन् । विशेष गरी यति खेर नयाँ र ३२०० मा पुँजी बजार प्रवेश लगानीकर्ता तनावमा छन् । अनुभवी एवम् पुराना लगानीकर्ताले भने यो समय पुँजी बजारमा लगानी गर्ने अवसरको रुपमा लिन्छन् । पुँजी बजारको घटबढलाई पुँजी बजारको सुन्दरताको रुपमा उनीहरुले लिएका छन् ।

अनुभवी एवम् चर्चित लगानीकर्ता केशव कोइरालाले बजार बढ्ने नै हो, बढ्नलाई घटेको बताएका छन् । जसले यति खेर सेयर किनेर होल्ड गर्न सक्छ उसले नै सेयर बजारमा पैसा छाप्ने कोइरालाको तर्क छ ।

त्यसै गरी लगानीकर्तामाझ बहुचर्चित लगानीकर्ता सुवास चन्द्र भट्टराईले बजार बढ्ने ढोकुवा गरेका छन् । लगानीकर्ता भट्टराई आफ्नो फेसबुकमा लेख्छन् सेयर बजार र मान्छे माथि नै जाने हो । भट्टराईको अनुसार अहिले घटेपनि बजार एकदिन माथि जाने पक्का छ । जाने कहिले हो ? तर लगानीकर्ताले कुर्ने धैर्यता हुनुपर्नेछ ।

बजार अहिले जसरी घटिरहेको छ, त्यसरी नै बजार माथि जाने अनुभवी लगानीकर्ताको भनाई रहेको छ । भएको सेयर नबेचि होल्ड गर्ने र आफ्नो पोटफोलियमा सेयर थप्ने समय भएको उनीहरुले बताउँदै आएका छन् । लगानीकर्ता भने यतिखेर सेयर बजारमा लगानी गर्न डराइरहेका छन् । देशको राजनीतिक अस्थिरता र आर्थिक मन्दीको कारण लगानीकर्ताको मनोबल अझै बढ्न सकेको छैन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर