कामना सेवा विकास बैकका ग्राहकलाई रुपन्देही सीटी एण्ड डायग्नोसिस सेन्टरमा १० प्रतिशत छुट

प्रकाशित:
११ जेठ २०८१

रुपन्देही । कामना सेवा विकास बैंकले बुटवल, रुपन्देही स्थित रुपन्देही सीटी एण्ड डायग्नोसिस सेन्टर प्राईभेट लिमिटेडसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका ग्राहकहरुले उक्त डाइगोनोसिस सेन्टरले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरु सम्म पु¥याउने उद्धेश्यले स्थापित उक्त रुपन्देही सीटी एण्ड डायग्नोसिस सेन्टमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares