वाणिज्य बैंकहरुको लाभांश क्षमताः शीर्ष स्थानमा एभरेष्ट, कुनको कति ?
काठमाडौं । वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वितरणयोग्य नाफा सार्वजनिक गरेका छन्। सो अवधिसम्ममा एभरेष्ट बैंक लिमिटेडको सबैभन्दा बढि लाभांश क्षमता देखिएको छ ।
एभरेष्ट बैंकले प्रतिशेयर ३८.२७ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ। दोस्रो स्थानमा सानिमा बैंक लिमिटेड (SANIMA) रहेको छ जसले २०.४७ रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। त्यसपछि क्रमशः स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल (SCB) १९.८५ रुपैयाँ र नबिल बैंक (NABIL) १७.६४ रुपैयाँ देखिएको छ ।
त्यसैगरी, कृषि विकास बैंक (ADBL) ले प्रतिशेयर १५.५८ रुपैयाँ, प्राइम कमर्शियल बैंक (PCBL) ले १४.३३ रुपैयाँ, ग्लोबल आइएमई बैंक (GBIME) ले १४.११ रुपैयाँ र सिद्धार्थ बैंक (SBL) ले १३.२२ रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेका छन्।
सोही अवधिमा न्यूनतम वितरणयोग्य नाफा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (NIMB) को रहेको छ। यसले प्रतिशेयर १.४४ रुपैयाँ मात्र वितरणयोग्य नाफा देखाएको छ।
नेपाल बैंक (NBL), एनआइसी एशिया बैंक (NICA), कुमारी बैंक (KBL) र हिमालयन बैंक (HBL) ले भने लाभांश वितरण गर्न सक्ने छैनन् ।
Shares