रिलायन्स फाइनान्सको साधारणसभा सम्पन्न, मर्जरमा जानेसहित सवै प्रस्ताव पारित
प्रकाशित:
१९ भदौ २०८१
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको बार्षिक साधारणसभा आज अनुपम फुड ल्याण्ड ब्याक्वेट बत्तिसपुतली, गौशाला काठमाडौंमा सम्पन्न भएको छ । सभाले मर्जरमा जाने प्रस्ताव सहित सवै एजेण्डा पारित गरेको छ । सभामा बोल्ने अधिकांश सेयरधनीले मर्जरको प्रस्ताव हटाउन आग्रह गरेपनि कम्पनीका अध्यक्ष कुश प्रसाद मल्लीले सभालाई सम्बोधन गर्दै राम्रो बैंक तथा वित्तीय संस्था पाएको खण्डमा गाभ्ने वा गाभिने प्रस्ताव खुला भैरहने बताएका हुन् । कम्पनीले यस आर्थिक वर्षमा सेयरधनीलाई लाभांश दिएको छैन् ।
साधारणसभामा डमरु बल्लभ घिमिरे, कुबेर श्रेष्ठ,उत्सव श्रेष्ठ र निरुपमा गुप्ता लगायतका एक दर्जन भन्दा धेरै सेयरधनीले बोलेका थिए । सेयरधनी लक्ष्मण श्रेष्ठ लगायत आधा दर्जन जति सेयरधनीले लिखित रुपमा संचालक समितिलाई सल्लाह सुझाव दिएका थिए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares