कुमारी बैंकको ४ लाख ५० हजार कित्ता सेयर बिक्रिमा, प्रतिकित्ता न्यूनतम मूल्य १०६ रुपैयाँ
कुमारी बैंक लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीहरुले ४ लाख ५० हजार कित्ता सेयर बिक्रि गर्ने भएका छन् । बैंकले आज बुधबार एक सूचना जारी गर्दै इच्छुक योग्य आवेदकहरुलाई आवेदन दिन आग्रह गरेको हो ।
उक्त सेयरमा आवेदन दिने अन्तिम दिन वैशाख ११ गते बुधबार रहेको भएता पनि सो दिन सरकारले सार्वजनिक विदा दिएकाले अव वैशाख १८ गते कार्यालय सम्ममा आवेदन दिन सक्नेछन् । बैंकका बिभिन्न सेयरधनीहरुले ४ लाख ५० हजार कित्ता सेयर बिक्रिका लागि बैंकमा निवेदन दिएका हुन् । उक्त सेयर खरिदका लागि आवेदकहरुले न्यूनतम १ सय ६ रुपैयाँ वा सो भन्दा बढि मूल्यमा खरिद गर्न सक्नेछन् ।
उक्त शेयर खरिद गर्न इच्छुक योग्य आवेदकहरुले तोकिएको मिति भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौ, टंगालमा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ ।
प्रतिक्रियाहरू
Nawaraj Rai
2 years ago
CASBA Bata xa ki xaiina na
sabin subedi
2 years ago
Malai 30000 kitta chaiyako xa
Shares