नेपाल पुनर्बीमा कम्पनीको करिब ३६ लाख कित्ता सेयर लिलामीमा, आजदेखि आवेदन दिन पाईने


नेपाल पुनर्बीमा कम्पनीको करिब ३६ लाख संस्थापक सेयरमा आजदेखि आवेदन दिन पाईने छ । विभिन्न कम्पनीहरुले आफ्नो स्वामित्वमा रहेका ३५ लाख ८७ हजार ४३४ कित्ता सेयर लिलामी प्रत्रिया मार्फत विक्रि गर्न लागेका हुन् ।
कम्पनीको लिलामी हुने सेयरमा आईजीआई प्रुडेन्सियल इन्स्योन्सको २० लाख कित्ता, आईएमई लिमिटेडको ७ लाख ५० हजार कित्ता, हाथवे इन्भेष्टमेन्टको ६ लाख ५० हजार कित्ता र ग्लोबल आईएमई क्यापिटलको १ लाख ८७ हजार ४३४ कित्ता रहेको छ ।
कम्पनीको सेयरको न्यूनतम मूल्य २८० रुपैयाँ प्रतिकित्ता तोकिएको छ त्यसैले इच्छुक बिद्यमान संस्थापक सेयरधनीहरुले चैत्र १२ गते भित्र न्यूनतम मूल्य २८० वा सो भन्दा बढि मूल्यमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
इच्छुक आवेदकले चैत्र १२ गते कार्यालय समय भित्र ग्लोबल आईएमई क्यापिटलको कार्यलयमा गई खरिदको आवेदन दिन सक्छनेछन् ।
Shares