सेयर बजार ११४.७० अंकले बढ्यो, अधिकांश फाइनान्स कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट
प्रकाशित:
१५ असोज २०८१
काठमाडौं । सोमबारसम्म सुस्त देखिएको सेयर बजार (आज) अर्थत बुधबार भने आक्रमक शैलीमा बढेको छ । आज बजार ११४.७० अंकले बढेको छ । लगानीकर्ता फाइनान्स कम्पनीमा आकर्षित भएपछि बजार बढेको हो ।
अधिकांश फाइनान्स कम्पनीको सेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।नेप्से इन्डेक्स २५१०.३५ विन्दुबाट २६१८.३८ बिन्दुमा आइपुगेको छ ।
आज २१ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै १५ वटा कम्पनीको सेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से उच्च अङ्कले बढेको दिन ३ वटा कम्पनीको सेयर भने ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज ३०७ वटा कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ लाख २५८ रुपैयाँको कारोबार भएको छ ।
आज बढ्ने कम्पनीहरु
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares