इङवा हाइड्रोपावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

प्रकाशित:
०१ पुस २०८१

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीले पुस २४ गते होटल क्रिष्टल पुशपति, गौशला काठामाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको हो । यद्यपि, कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।
सभा प्रयोजनका लागि संस्थाले पुस १२ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस ११ गतेसम्म कायम शयरधनीले सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares