गाँजा सहित तीनजना पक्राउ

अर्थकागज
प्रकाशित: ३१ असार २०८१
Image description

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्वर  ७ रिस्कु खुलाल डाँडाबाटबाट मंगलबार प्रहरीले ४९ किलोग्राम अबैध गाँजा सहत तीन जनालाई पक्राउ गरेको छ ।

मिति २०८० साउन १ गते जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला उदयपुर कटारी नगरपालिका वडा नं. ०७ रिस्कु स्थित खुलालडाँडाबाट ३ वटा बोरामा बोकी ल्याउदै गरेको अवस्थामा ४९ के।जी। गाँजा सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका वडा नं। १ बस्ने वर्ष ३१ को शम्भु राई, ऐ।.ऐ. बस्ने वर्ष २८ को आशिष भुजेल र परिवर्तित नाम ूगाईघाट ४९ गरेका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर