मर्मतपछि २५ मेगावाट क्षमताको अरुण कावेली बि-१ पुन: संचालनमा

प्रकाशित:
१० माघ २०८०

काठमाडौं । बाढीका कारण बन्द भएको २५ मेगावाट क्षमताको अरुण कावेली बि-१ जलविद्युत आयोजना मर्मतपछि पुन : पूर्णरुपमा संचालनमा आएको छ ।
गत जेठ ३२ गतेदेखि असार २ गतेसम्म आएको बाढीको कारण क्षेती पुगेको २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजना बन्द भएको थियो । आज अर्थात माघ १० गते बिहान ३ बजेदेखि संचालनमा आएको कम्पनीले जनाएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् ९० किलोमिटर लामो दमक—काबेली (मेची कोरिडर) १३२ के.भी. डवल सर्किट राष्ट्रिय प्रसारण लाईन आयोजना अन्तर्गत पाँचथर जिल्ला साविकको अमरपुर गा.वि.स. स्थित अमरपुर सबस्टेसनमा जडान गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares