दाबी भुत्तानीमा बदनाम नेको इन्स्योरेन्सको सिईओ अशोक कुमार खड्काको तलव १ करोड ७६ लाख १६ हजार
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई १ करोड ७६ लाख १६ हजार ५६३ रुपैयाँ तलव भत्ता भुक्तानी गरेको छ । कम्पनीको सिईओमा अशोक कुमार खड्का रहेका छन् । कम्पनीको आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन अनुसार सिईओ खड्कालाई उक्त रकम तलव बापत भुक्तानी गरिएको हो । सिईओ खड्कालाई भत्ता वापत भने के कति रकम दिएको छ प्रतिवेदनमा खुलाइएको छैन् । सिईओ खड्काले भत्ता बापत पनि ठूलो रकम कम्पनीबाट लिएको एक उच्च स्रोतले जनएको छ ।
पछिल्लो समय सिईओ खड्काको गतिविधिले कम्पनी दिनप्रतिदिन धरासायी वन्दै गएको देखिन्छ । एमालेका नेता समेत रहेका सिईओ खड्काप्रति यतिवेला सेयरधनीहरु रुष्ट छन् । सेयरधनीहरुले पब्लिक फोरममा नै सिईओ खड्काको राजिनामा समेत मागेका थिए ।
दाबी भुक्तानीमा बीमित पीडित
दाबी भुक्तानी नदिने बीमा कम्पनीमा नेको इन्सुरेन्सको नाम बीमा बजारमा पहिलो नम्बरमा आउने गरेको छ । बारम्बार दाबी भुक्तानी कम्पनीमा पेश गर्दा पनि बीमितले भुक्तानी नपाएपछि बीमित उजरी लिएर नेपाल बीमा प्राधिकरणमा पुग्ने समेत गरेका छन् । त्यसमाथि पनि यस कम्पनीका कर्मचारीले बीमा गर्दा र बीमा भुक्तानीको प्रकृयामा लिने कमिसनले बीमितहरु हैरानी मात्र भएका छैनन् । विस्तारै बीमितहरु अन्य कम्पनीमा सिफ्ट हुन थालेको छन् । नेपाल बीमा प्राधिकरणले यस कम्पनलिाई दाबी भुक्तानीमा बदमासी गरेपछि बीमकको जोखिमाङकन तथा दाबी भुक्तानी प्रक्रिया प्रभावकारी बनाउन निर्देशन समेत गरेको छ ।
Shares