बीमा दाबी फछ्र्यौटमा शिखर इन्स्योरेन्सको गति द्रुत, २३ र २४ को आन्दोलनबाट पीडित ४० भन्दा बढी बिमितलाई ३० करोडको दाबी भुक्तानी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीमा दाबी फछ्र्यौटमा आफूलाई विगतदेखि नै अब्बल सावित गर्दै आइरहेको छ । विभिन्न प्रकोपबाट पीडित बीमितलाई बीमा दाबी फछ्र्यौट गर्न सवै भन्दा पहिला शिखर इन्स्योरेन्स पुग्ने गर्दछु । शिखर इन्स्योरेन्सले आफ्नो प्रतिवद्धता अनुरुप ग्राहकमैत्री सेवा र द्रुत गतिमा बीमा दाबी भुक्तानी अनुसार २०८२ भाद्र २३ र २४ मा भएको क्षतिहरु मध्ये कम्पनीबाट छोटो समयमै ४० भन्दा बढी विमितहरुलाई करिब रु.३० करोडको दाबी भुक्तानी गरेको छ ।
राष्ट्र पुनर्निर्माणको यात्रामा शिखर इन्स्योरेन्सको सहयात्राको प्रतिवद्धता अनुरुप विमित ग्राहकहरुले भोग्नु परेको कठिन परिस्थितिमा तत्काल राहत पुर्याउन तथा राष्ट्रको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि दाबी भुक्तानीलाई छिटो, सहज र पारदर्शी बनाउँदै आएको कम्पनीले जनाएको छ । दाबी प्रकयालाई सहज र सरल बनाउन कम्पनीबाट सरलिकृत दाबी प्रकृया, डिजिटल सेवाका साथै, दाबी सहायता डेस्क र द्रुत अनुगमन सेवा प्रदान गर्दै आएका छौं भने कम्पनीबाट खटाइएका सर्भेयर तथा कम्पनीका कर्मचारीहरुबाट क्षति मुल्याकंनका लागि ग्राहकहरुलाई प्रत्यक्ष सहजीकरण गर्दै आएका कम्पनीले बताएको छ ।
शिखर इन्स्योरेन्सलेविगतमा २०७२ कोभुकम्प तथा गत वर्ष बाढीका कारण सृजित बीमा दाबीको समेत पारदर्शी र दु्रत गतिमा बीमा दाबी भुक्तानी गरी दाबी भुक्तानीमा अग्रणी पहिचान स्थापित गर्न सफल रहँदै आएका कम्पनीले जनाएको छ ।
आगामी दिनहरुमा समेत ग्राहकको विश्वासलाई अझ मजबुत बनाउन कम्पनी निरन्तर कटिवद्ध रहेको छ । कम्पनीबाट हरेक प्रतिकुल अवस्थामा अझ सरल सहज र प्रभावकारी सेवा प्रदान गरी राष्ट्रको आर्थिक विकासका लागि कार्य गर्दै जाने प्रतिवद्धता कम्पनीले गरेको छ ।
Shares