महिला लघुवित्तले बोलायो साधारणसभा, के के छन् एजेण्डा ?

अर्थकागज
प्रकाशित: १० फागुन २०८१
Image description

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी चैत ७ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ । फागुन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको शंखमुलस्थित अनमोल क्याटरिङ् सर्भिस प्रालिमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ ।

नियमावली संशोधन प्रस्ताव पनि सभाका लागि तय भएको छ । साथै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने संकेत गरेको कम्पनीले यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभामार्फत गराउनेछ । यस वर्ष लाभांश प्रस्ताव भने गरिएको छैन । साधारणसभा प्रयोजनका लागि कम्पनीले फागुन २५ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रियाहरू

वीर मान राई

1 year ago

कम्पनी निकै राम्रो हो तर किन लाभांश पनि यो साल दिएको छैन?

Manoj Singh Dhami

1 year ago

Best up Luck

Laxman

1 year ago

Namaste

सम्बन्धित खबर