लाभांश पारित गर्न सानिमा माई हाइड्रोले डाक्यो एजीएम, बुकक्लोज कहिले ?

अर्थकागज
प्रकाशित: २२ असोज २०८०
Image description

काठमाडौँ । लाभांश पारित गर्ने विशेष प्रस्तावसहित सानिमा माई हाइड्रोपावरले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा कात्तिक २३ गते हुनेछ ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज २४ गते बुकक्लोज गर्नेछ । त्यसैले, असोज २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर