महुली लघुवित्तले पुस ५ गतेदेखि एफपिओ निष्काशन गर्ने, कसले दिने आवेदन ?

अर्थकागज
प्रकाशित: २५ मंसिर २०८१
Image description

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि पुस ५ गतेदेखि थप सार्वजनिक निष्काशन(एफपिओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

लघुवित्तले सर्वसाधारणको लागि ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९।१५ कित्ता शेयर निष्काशन गर्न लागेको हो।

लगानीकर्ताले पुस ९ गतेसम्म न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

लघुवित्तले हाल कायम सर्वसाधारण समूहको हिस्सा १९।६८ प्रतिशतलाई, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत पुर्याउनका लागि एफपीओ निष्काशन गर्न लागको हो। हाल लघुवित्तको चुक्ता पूँजी ३२ करोड २३ लाख ७८ हजार ५८५ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ३६ करोड ९९ लाख २३ हजार ५०० रुपैयाँ पुग्नेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर