प्रभु बैंक, टिथ्री थकाली र साइनो तन्दुरीबीच विशेष छुट सम्झौता

अर्थकागज
प्रकाशित: २२ असार २०८१
Image description

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित टिथ्री थकाली एण्ड मल्टी कुजिन र साइनो तन्दुरी एण्ड सेकुवा कर्नरले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा टिथ्री थकाली ग्रुप प्रालीका अध्यक्षरप्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैँकका तर्फबाट बाममती प्रदेश प्रमुख अधिकृत बिकास शर्मा गुरागाइँद्घारा हस्ताक्षर गरियो ।  म्झौताअनुसार प्रभु बैँकका कर्मचारीहरु तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १०% छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

दैनिक लाखौको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरुको आवत जावत हुने स्थान हो विमानस्थल, जहाँ मानिसहरु आफन्तलाई लिन र पु्याँउनका लागि आउने जाने गर्दछन । यस्तै कामको चटारोमा मानिसहरु खाना तथा खाजा समेत नखाई कुद्ने गर्दछन यिनै मानिसहरु र स्वादका पारखिका लागि मध्यनजर गर्दे टिथ्री थकाली एण्ड मल्टी कुजिन र साइनो तन्दुरी एण्ड सेकुवा कर्नरले एयरपोर्टको मुख्य द्धारको पूर्वपट्टिको लाईनमा आफ्नो २४ घण्टे सेवा संचालनमा ल्याएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर