विकास हाइड्रोपावरको बार्षिक साधारणसभा सम्पन्न

अर्थकागज
प्रकाशित: ०९ असोज २०८२
Image description

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको चौथो बार्षिक साधारणसभा आज सासा बैंक्युट एण्ड इभेन्ट म्यानेजमेन्ट, नयाँ बजार, काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीको अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बार्षिक साधारणसभाले

संचालक समितिको प्रतिवेदन पारित गरेको छ । त्यसै गरी सभाले लेखापरीक्षक प्रतिवेदन र अन्य वित्तीय विवरण पारित गर्ने, सर्वसाधारण समूहबाट ३ जना संचालक नियुक्त गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । सेयरधनीलाई लाभांश दिएको छैन् ।

यसैबीच साधारणसभा प्रयोजनको लागि भदौ २४ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर