महुली लघुवित्तको एफपीओमा झण्डै २ अर्ब रुपैयाँ संकलन, ४१ गुणा बढी आवेदन

अर्थकागज
प्रकाशित: ०८ पुस २०८१
Image description

काठमाडौं । महुली लघुवित्तको एफपीओमा १ अर्ब ९६ करोड ६० लाख ५३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार पुष ८ गते साँझ बजेसम्ममा १३ लाख ८६ हजार २०३ जनाले १ करोड ९६ लाख ६० हजार ५३० कित्ताका लागि आवेदन दिएका हुन् । जु मागभन्दा ४१.३५ गुणा बढी हो ।

कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन भएको हो । यो एफपीओमा पुस ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर