१३.७१ प्रतिशतले बढ्यो नागरिक लगानी कोषको नाफा

अर्थकागज
प्रकाशित: २५ साउन २०८२
Image description

काठमाडौं । नागरिक लगानी कोष लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कोषको नाफामा बृद्धि देखिएको छ ।

यस अवधिमा कोषले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७१ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कोषले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कोषको खुद ब्याज आम्दानी ३३ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने १ अर्ब ६५ करोड सेवा शुल्क तथा कमिसनबाट आम्दानी गरेको छ । त्यसैगरी, कोषको कुल आम्दानी ८.९६ प्रतिशत बढेको छ भने कुल खर्च ६।७६ प्रतिशत घटेको छ।

असार मसान्तसम्ममा कोषको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३४ पैसा पुगेको छ भने नेटवर्थ १६४.२३ रुपैयाँ र लगानी प्रतिफल ५.६८ प्रतिशत कायम भएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर