लक्ष्मी सनराईज बैंकको करिब ८३ लाख कित्ता सेयर बिक्रिमा
काठमाण्डौ । लक्ष्मी सनराईज बैंक लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीहरुले करिब ८३ लाख कित्ता सेयर बिक्रि गर्ने भएका छन् । बैंकले आज मंगलबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।
बैंकका बिभिन्न सेयरधनीहरुले ८२ लाख ९७ हजार ५६५ कित्ता सेयर बिक्रिका लागि बैंकमा निवेदन दिएका हुन् ।
संस्थापक शेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय काठमाडौ, हात्तिसारमामा आइपुग्ने गरी आवेदन दिन आग्रह गरेको छ सो सेयरको बिक्री मूल्य विक्रेताले तोके बमोजिम हुनेछ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाईने बैंकले जनाएको छ ।
Shares