मनोज कुमार ज्ञवाली नबिल बैंकको सिनियर डिसिइओमा बढुवा
प्रकाशित:
१३ पुस २०८१
काठमाडौं । चर्चित बैंकर मनोज कुमार ज्ञवाली नबिल बैंक लिमिटेडको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मा बढुवा भएका छन् । पुस ११ गते बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई डिसिइओमा बढुवा गरेको हो । ज्ञवालीले आज अर्थात् पुस १४ गते बढुवाको पत्र बुझेका छन् ।
नबिल बैंकमा नायब महाप्रबन्धकको रुपमा प्रवेश गरेका ज्ञवाली पछि डेपुटी सिइओ हुँदै अहिले बढुवा भएर सिनियर डिसिइओ भएका हुन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares