एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित

अर्थकागज
प्रकाशित: २४ जेठ २०८१
Image description

काठमाडौं । एनएमबि बैंक ‘ग्रीन बैंक अफ द इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ ।

यो पुरस्कार विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलन, डब्ल्यूएसीसी २०२४ मा प्रदान गरिएको हो ।

यो सम्मान एनएमबि बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा हो ।

एनएमबि बैंक वातावरणीय विचारहरूलाई रणनीतिकरूपमा एकीकृत गर्दै, दिगो वित्त प्रवर्द्धन गर्न र परिचालन प्रभाव कम गर्दै बैंकिङ क्षेत्रमै उदाहरण बन्न सफल भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंक विगत २७ वर्षदेखि अनवरत रूपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्रप्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द बैंकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ को उपाधिबाट सम्मानित भएको बैंक हो । नएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।  एनएमबि बैंकले हाल देश भर २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर