युनाइटेड अजोडले संचालकहरुको बैठक भत्ता ६६.६६ प्रतिशतले बढ्यो

अर्थकागज
प्रकाशित: २९ असार २०८२
Image description

काठमाडौं । सेयरधनीलाई १० प्रतिशत लाभांश दिएको युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संचालकहरुको बैठक भत्ता भने ६६.६६ प्रतिशतले बढेको छ । आज सोमबार अम्रपाली ब्याङ्क्वेट क्याटिरिङ्ग एण्ड इभेन्ट, प्रा.लि. भाटभटेनी काठमाडौंमा सम्पन्न बार्षिक साधारणसभाले संचालकको बैठक भत्ता बढाएको हो । 

कम्पनीको बार्षिक प्रतिवेदन अनुसार संचालक समितिको अध्यक्षले हाल प्रतिबैठक १२ हजारबाट प्रति बैठक २० हजार पुर्याउने प्रस्ताव पारित गरेको छ । जुन ६६.६६ प्रतिशतले बृद्धि रहेको छ । त्यसै गरी अध्यक्षको टेलिफोन, पत्र पत्रिका सुविधा वापत मासिक भत्ता १० हजारबाट १५ हजार पुर्याउने प्रस्ताव पारित गरेको छ । जुन ५० प्रतिशतको बृद्धि हो ।

त्यसै गरी संचाक समितिको सदस्यहरुको प्रति बैठक भत्ता १० हजारबाट प्रति बैठक भत्ता १८ हजार पुर्याउने प्रस्ताव पारित गरको छ । जुन ६६.६६ प्रतिशतको बृद्धि रहेको छ । त्यसै गरी संचालक सदस्यहरुको टेलिफोन, पत्रपत्रिका सुविधा वापत मासिक १० हजारबाट १५ हजार पुर्याउने प्रस्ताव पारित गरेको छ । जुन ५० प्रतिशतको बृद्धि रहेको छ । कम्पनीले समय सापेक्ष परिवर्तन गर्न आवश्यक रहेकोेले बैठक भत्ता बढाउनु परेको जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर