बरुण हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन
प्रकाशित:
२१ जेठ २०८२
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ २२ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले आज अर्थात जेठ २१ सम्मनेप्सेमा कायम सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन्।
नेपाल धितोपत्र बोर्डले जेठ ६ गते कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको थियो। कम्पनीले १स्१ को अनुपातमा हालको चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार कम्पनीले कुल ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको ५३ लाख ५८ हजार १ सय ५० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
उक्त सेयर निष्काशनका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares