११८ प्रतिशतले बढ्यो युनिक नेपाल लघुवित्तको नाफा, ईपिएस ४४ रुपैयाँ


काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा लघुवित्तले ३ करोड ३२ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११८.८२ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११.८३ प्रतिशतले घटेकोछ भने संचालन आम्दानी १३० प्रतिशतले बढेको छ । त्यस्तै लघुवित्तको खराब कर्जा भने बढेर ९.९२ प्रतिशतमा पुगेको छ गत बर्षको यहि अवधिमा संस्थाको खराब कर्जा ७.३७ प्रतिशतमा सिमित थियो ।
लघुवित्तको प्रतिशेयर आम्दानी ४४.७३ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ ३२५ रुपैयाँ ६४ पैसा रहेको छ ।
पछिल्लो ६ महिनामा लघुवित्तको निक्षेप १.६२ प्रतिशतले बढेको छ भने र कर्जा लगानी २.१९ प्रतिशतले घटेको छ । १४ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १८ करोड २५ लाख रुपैयाँ छ ।
Shares