ब्रोकर कमिसन घटाउने प्रस्ताव स्विकृत गर्ने तयारीमा अर्थमन्त्रालय
नेपाल धितोपत्र बोर्डले केहि महिना अघि गरेको ब्रोकर कमिसन घटाउने प्रस्तावलाई अर्थमन्त्रालयले स्विकृत गर्ने तयारी गरेको छ । अर्थमन्त्रालयमा नयाँ अर्थमन्त्रीका रुपमा बर्षमान पुनको आगमन भएसंगै ब्रोकर कमिसन घटाउने प्रस्ताव अगाडी बढेको हो ।
अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री पुनले ब्रोकर कमिसन घटाउने प्रस्तावलाई तत्काल स्विकृत गर्न निर्देशन समेत दिइसकेका छन् । 'मन्त्रीज्यू पूँजी बजार प्रति एकदमै सकारात्मक हुनुहुन्छ बजारको सुधार र स्थायित्वका लागि काम गर्ने बताइसक्नु भएको सोहि बमोजिम वहाँले ब्रोकर कमिसन घटाउने बिषयलाई एकदमै महत्व दिनु भएको छ' स्रोतले भन्यो ।
कात्तिक १ गतेको बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको भएतापछि अहिलेसम्म अर्थमन्त्रालयले उक्त प्रस्ताव स्विकृत भएको थिएन । सेबोनद्धारा गठित अध्ययन समितिले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने प्रस्ताव गरेको थियो।
अर्थमन्त्रीका रुपमा आफ्नो कार्यभार समाल्दै अर्थमन्त्री पुनले ६० लाख सेयर लगानीकर्ताहरुको मनोबल बढाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै बजारलाई स्थायित्व दिने निती अबलम्बन गर्ने घोषणा गरेका थिए ।
Shares